देशभर पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ कार्तिक २०७८, सोमबार १७:३५
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४ सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ । पछिल्लो २४ घण्टामा २ सय ७० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*