बन्दका कारण मकवानपुरमा व्यवसाय, शैक्षिक संस्था र सरकारी सेवा प्रभावित

हेटौडा न्युज
३० कार्तिक २०७८, मंगलवार १६:४३
;

मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित बनेको छ ।

नेपाल आयल निगमले इन्धनमा बढाएको मूल्यको विरोधमा विप्लव निकट नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभावका कारण हेटौंडा व्यवसाय, शैक्षिक संस्था, बैैक तथा वित्तिय संस्थाहरु बन्द भएका छन् । फाट्टफुट्ट केही सवारीसाधन सञ्चालन भएपनि सार्वजनिक यातायात भने ठप्प रहेका छन् । शैक्षिक संस्थामा विद्यार्थीहरु नआएपछि पठनपाठन समेत बन्द भएको छ । बन्दका कारण जनजिवन त प्रभावित बन्यो नै साथै सरकारी सेवा समेत प्रभावित भएका छन् । दैनिक सयौ सेवाग्राही आउने मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही २–४ जना मात्र देखिएका छन् ।

सवारीसाधन नचलेका कारण सेवाग्राहीको उपस्थिति कम भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको भनाई छ । यो समाचार तयार पार्ने बेला सम्म जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको र सुरक्षा व्यवस्था कडा पारिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*