मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौडा न्युज
३० कार्तिक २०७८, मंगलवार १७:२०
;

मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ ।

प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इश्वरपुर–१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । ईश्वरपुर नगरपालिका–१२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । यस्तै दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*