देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३० कार्तिक २०७८, मंगलवार १७:४८
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।

पछिल्लो २४ घण्टामा १ सय ७० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*