बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

हेटौडा न्युज
१ मंसिर २०७८, बुधबार १०:४२
;

मकवानपुर । हेटौंडा–९ पशुपतिनगरमा बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गएराति हेटौंडाबाट रातोमाटे जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४ वर्षीय अविरल रिजालको मृतयु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रवक्ता दासका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका रिजालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*