कारागार भित्रै एक कैदी मृत अवस्थामा भेटिए

हेटौडा न्युज
१ मंसिर २०७८, बुधबार १६:५६
;

मकवानपुर । जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा भेटिएका छन् ।

देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए । २०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताए । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*