पहिलो ई–पासपोर्ट शताब्दी पुरुष जोशीलाई
मकवानपुर । नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण थालिएको छ ।
पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । राजधानीमा आज आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १ सय २ वर्षीय जोशीलाई पासपोर्ट प्रदान गरे ।
नेपालमा योसँगै तेस्रो पुस्ताको पासपोर्ट औपचारिक रूपमा प्रगोगमा आएको छ । यसअघि हस्तलिखित, एमआरपी राहदानी प्रचलनमा थियो । ई–पासपोर्टका लागि सर्वसाधारणले भने केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।