डोजर पल्टिँदा चालकको मृत्यु

हेटौडा न्युज
२ मंसिर २०७८, बिहीबार ०९:५५
;

मकवानपुर । डोजर पल्टिँदा दाङको बङ्गलाचुली गाउँपालिकामा डोजर चालकको मृत्यु भएको छ ।

बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका अनुसार रा १क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी दिए । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*