सर्वोच्च अदालत परिसरमा हतियारसहितका प्रहरी

हेटौडा न्युज
२ मंसिर २०७८, बिहीबार ११:३३
;

मकवानपुर । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई रोक्न हतियारसहितका प्रहरी खटाइएको छ ।

उनीहरु अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टी तैनाथ भएको देखिन्छ । एसएलआर बोकेका टोलीमा एसटीएफ (स्पेशल टास्क फोर्स) लेखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सुरक्षामा पनि स्पेशल टास्क फोर्स खटिएको हुन्छ । कानून व्यवसायीको प्रदर्शनमा एसएलआरसहितको टोली देखिएको पहिलोपटक हो ।

यसअघिका प्रदर्शनमा यस्तो नदेखिएको कानून व्यवसायीहरु बताउँछन् । प्रहरीहरुले अश्रुग्यास प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण पनि बोकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*