प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

हेटौडा न्युज
२ मंसिर २०७८, बिहीबार ११:४५
;

मकवानपुर । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् । सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ ।

बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*