माधव नेपाल नेतृत्वको पार्टीले एक सिट पनि जित्दैन: योगेश भट्टराई

हेटौडा न्युज
२ मंसिर २०७८, बिहीबार १३:१२
;

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकिकृत समाजबादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि नजित्ने बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथग्रहण कार्यक्रममा बोल्दै सचिव भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्न नसक्ने  बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको बताए ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिडेको बताउँदै नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*