आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय

हेटौडा न्युज
३ मंसिर २०७८, शुक्रबार १०:०७
;

मकवानपुर । सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिने तयारीमा छ ।

उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यस्था छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका पदाधिकारीहरूले माघको दोस्रो साताभित्र चुनाव गर्न सुझाएका थिए । आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर अघि बढ्न सरकारले आयोगलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*