मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

हेटौडा न्युज
४ मंसिर २०७८, शनिबार १०:५७
;

मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका– ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् । मोटरसाइक दुर्घटनापछि ट्रिप्परले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका–६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३–०१–००३ क. ७८५१ नं. को ट्रिप्परलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन ट्रिप्परको पछाडिको चक्कामा परेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले ट्रिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*