‘विप्लव’ र ‘प्रचण्ड’बीच भेटघाट

हेटौडा न्युज
४ मंसिर २०७८, शनिबार १२:५२
;

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।

नेकपा (माओवादी केन्द्र) सँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन् ।
विप्लव शनिबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटघाट गरेको बताइएको छ ।

विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरि छलफल भएको बताइएको छ । भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*