प्रभुसाह लक्षित प्रचण्डको टिप्पणी कुहिएको आलु फालियो

हेटौडा न्युज
४ मंसिर २०७८, शनिबार १६:२२
;

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोरामा कुहिएका आलु फालिएकाले अरु सबै आलु जोगिएको टिप्पणी गरेका छन् ।

शनिबार रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले नेता प्रभु साह लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनका क्रममा प्रचण्डले एकाध कुहिएको आलु फालेपछि अरु सबै आलु बचेको टिप्पणी गरे । माओवादीमा रहँदा यही क्षेत्रबाट निर्वाचित भएका साह हाल एमालेमा प्रवेश गरेका छन् । प्रचण्डले उनलाई भागौडाको संज्ञा दिए ।

अहिलेको संविधान मधेशी जनताका लागि अझैं पूर्ण नभएको बताउँदै प्रचण्डले आफूले दुई पटक संशोधनको प्रयास गरे पनि त्यो असफल पारिएको दावी गरे।

यसमा तपाइको मत

Your email address will not be published.


*