शेरबहादुर देउवालाई भेट्न शशांक कोइराला बालुवाटार पुगे

हेटौडा न्युज
४ मंसिर २०७८, शनिबार १६:२८
;

मकवानपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस बालुवाटार पुगेका छन् ।

अहिले बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी छ । आगामी महाधिवेशनकै विषयमा दुई नेताबीच कुराकानी भइरहेको बताईएको छ । पार्टीको महाधिवेशन नजिकिएका बेला कोइरालाले सक्रियता बढाएका छन् ।

आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला पनि सभापति पदकै आकांक्षी हुन् । कोइरालाले शनिबार नै नेता प्रकाशमान सिंहसँग समेत भेट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*