२ दिने आत्मरक्षा तालिम सम्पन्न

हेटौडा न्युज
४ मंसिर २०७८, शनिबार १७:५४
;

मकवानपुर । हेटौंडामा युवा महिलाहरुलाई २ दिने आत्मरक्षा तालिम शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

बागमती प्रदेश युवा परिषद्को आयोजना तथा जिल्ला युवा समिति मकवानपुरको समन्वयमा हेटौंडामा शुक्रबारबाट महिलाहरुलाई २ दिने आत्मरक्षा तालिम शुरु भएको थियो । आज शनिबार उक्त तालिमको समापन भएको छ । तालिममा मकवानपुरका १० ओटै स्थानीय तहका २५ जना युवा महिलाहरु सहभागि भएका थिए । उनीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिईएको हो ।

युवा परिषद्ले सबै स्थानीयतहमा युवाहरु तथा किशोरीहरुलाई सक्षम बनाउन विभिन्न तालिम आयोजना गर्ने बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले बताए । उनले युवाहरुलाई हरेक क्षेत्रमा सक्षम बनाउदैँ लैजाने स्थानीय तहहरुमा युवा क्लब स्थापना गर्ने बताए । तालिममा सहभागि किशोरीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रमलाई जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दहालले सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*