सबै नेपालीलाई कोरोना विरुद्धको खोप दिलाउँछौ: स्वास्थ्य मन्त्री खतिवडा
मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपालीलाई कोरोना विरुद्धको खोप दिलाउन सरकारले खोप खरिद प्रकृया अगाडि बढाएको बताएका छन् ।
समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार बिहान हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले सरकारले सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन पुग्ने गरी खरिद प्रकृया अगाडि बढाएको बताएका हुन् । मन्त्री खतिवडाले डेढ करोड खोप सम्झौता भइसकेको र हालसम्म २ करोड नेपालीले खोप लगाईसकेको बताए ।
बताउदै सरकारले अहिले प्रदान गरेको कोरोना खोप १२ बर्ष भन्दामाथिका जो कोहीले लगाउन मिल्ने बताएका छन ।










