हेटौंडा अस्पताललाई‘ए’ ग्रेडको एम्बुलेन्स हस्तान्तरण

हेटौडा न्युज
५ मंसिर २०७८, आईतवार १५:३९
;

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले हेटौंडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

नेपाल–भारत सहयोग अन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स स्वास्थ्य मन्त्री खतिवडाले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडाले अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटालाई आइतबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्समा आईसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका विरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने हेटौंडा अस्पतालका प्रमुख डा. सापकोटाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*