देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
५ मंसिर २०७८, आईतवार १६:५६
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । भने ३ सय ७० जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*