सशस्त्र द्वन्द्वका कमजोरीको छानबिन गर्न प्रतिवद्ध छौं: प्रचण्ड

हेटौडा न्युज
५ मंसिर २०७८, आईतवार १७:१४
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सशस्त्र यद्धबाट भएको राजनैतिक उपलव्धीप्रति गर्व गर्दै भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं’ उनले भनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*