नेकपा एमालेले क्यूरआर कोड र ई–सेवामार्फत २० लाख रुपैँया सङ्कलन गर्यो

हेटौडा न्युज
५ मंसिर २०७८, आईतवार १७:२३
;

मकवानपुर । नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि क्यूरआर कोड र ई–सेवामार्फत २० लाख रुपैँया सङ्कलन गरेको छ ।

एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बर सँगै क्यूआर कोड सार्वजनिक गरेको थियो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ई–सेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए । उनका अनुसार अधिकांश संगठित सदस्यले एक रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिए ।

एमालेले कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम एक सय रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो । महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै ई—सेवा र फोनपेबाट न्युनतम एक सय रुपैयाँ जम्मा गर्न भनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*