एमलेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा हेटौंडामा बृहत मोटरसाईकल र्‍याली हुने

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार ०९:४१
;

मकवानपुर । चितवनमा हुने नेकपा एमलेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा हेटौंडामा भोलि मंसिर ७ गते बृहत मोटर साईकल र्‍याली हुने भएको ।

महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल र्‍यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवं र्‍यालीव्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मोटरसाईकल र्‍यालीभोलि दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुने छ । ‘बृहत मोटरसाईकल ¥याली भोलि १ बजे हुप्रचौरबाट सुरु हुन्छ,हुप्रचौरबाट रातोमाटे पुग्नेछ । त्यहाँबाट पूर्व लागेर चिसापानी पुग्नेछ ।

चिसापानीबाट चौघोडा हुँदै सोनोपोखरा कान्तिराजपथ आउनेछ । सचिव श्रेष्ठले भने, त्यहाँबाट मानसचोक निस्कदै चौकीटोल हुँदै बुद्धचोक,राप्तीरोडबाट बाईपास हुँदै मेनरोडबाट सिमाचोकमा आईपुगेर कोणसभामा परिणत हुनेछ ।’ सचिव श्रेष्ठले सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुलाई र्‍यालीमा सहभागि हुन अनुरोध गरेका छन् । र्‍यालीमा ५ सय भन्दा बढी मोटरसाईकलको सहभागि रहने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*