दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको स्थायी कमिटी बैठक

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार ०९:५६
;

मकवानपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाइएको छ ।

अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।

स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ । करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*