जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार १०:०२
;

मकवानपुर । जन्ती बोकेको जिप दुर्घटना हुँदा बैतडीमा ६ जनाको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारकालागी लैजाँदैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिपमा ७ जना सवार रहेको जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*