एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थाका विषयमा छलफल

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार १५:५७
;

मकवानपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआईजीको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

एमाले केन्द्रीय जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेसहितका नेताहरुसँगको भेटमा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको थियो । आइतवार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डेसहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक निरजवहादुर शाही र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।

महाधिवेशनस्थलको सुरक्षा तथा उद्घाटन लगायत अन्य दिनको ट्राफिक व्यवस्थापनको विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको जनपरिचालन कमिटीका सचिव खिमलाल भट्टराईले जानकारी दिए । एमाले नेताहरु सुरेन्द्र पाण्डे, विष्णु रिमाल, आनन्द पोखरेल र खिमलाल भट्टराई गृहमन्त्रालयमा पुगेर महाधिवेशन सुरक्षाबारे छलफल गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*