रौतहटका नेता बुधाई खाँ नेकपा एमालेमा प्रवेश

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार १६:०३
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीका रौतहट जिल्ला नेता तथा फतुवा विजयपुर नगर कमिटीका इन्चार्ज बुधाई खाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतवार आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले उनलाई एमाले प्रवेश गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार रहेका खाँ एमाले विभाजनपछि नेकपा एसमा लागेका थिए ।

प्रभु साहको निर्वाचन क्षेत्र रहेका फतुवा विजयपुरका माओवादीबाट निर्वाचित जनप्रतिनिधि यसअघि नै साहसँगै एमालेमा समाहित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*