देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार १७:१२
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । भने २ सय ५८ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*