सब इन्जिनियर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हेटौडा न्युज
६ मंसिर २०७८, सोमबार १७:२२
;

मकवानपुर । विशेष अदालत काठमाडौंमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय काठमाडौं सब इन्जिनियर दिपेन्द्र कुमार केसीविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर केसीविरुद्ध २ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । इन्जिनियर केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा अख्तियारको टोलीले २०७८ असोज १९ गते उनलाई पक्राउ गरेको थियो ।

आयोगले उनलाई २ लाख बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*