एमालेको स्थायी कमिटी बैठक आज बस्दै

हेटौडा न्युज
७ मंसिर २०७८, मंगलवार ०९:२७
;

मकवानपुर । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ ।

बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले सोमबार स्थायी कमिटी बोलाएको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो । एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिए ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् । बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*