आगलागी हुँदा ३ जना बालकको मृत्यु

हेटौडा न्युज
७ मंसिर २०७८, मंगलवार ०९:३५
;

मकवानपुर । आगलागी हुँदा सिन्धुपाल्चोकको हेलम्बुमा ३ जना बालकको मृत्यु भएको छ ।

हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*