मंगलवार मकवानपुरमा ४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
७ मंसिर २०७८, मंगलवार १६:४२
;

मकवानपुर । मंगलवार मकवानपुरमा ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको पीसीआर र ३ जनाको एन्टिजेन गरी जम्मा १७ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ४ सय ५५ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार १ सय ८६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*