बुधवार मकवानपुरमा ५ जनामा कोरोना पुष्टि

मकवानपुर । बुधवार मकवानपुरमा ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७ जनाको पीसीआर र ३ जनाको एन्टिजेन गरी जम्मा २० जनाको कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ४ सय ६० जनामा कोरोना पुष्टि भएकोमा १५ हजार १ सय ८८ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।