लागूऔषध गाँजा सहित एक जना पक्राउ

हेटौडा न्युज
१६ मंसिर २०७८, बिहीबार १०:५४
;

मकवानपुर । प्रहरीले लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर –८ बस्ने २८ बर्षिय शिशिर भन्ने जगत थिङ रहेका छन् ।ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका– ७ मनहरी पुल नजिकै पूर्व–पश्चिम लोकमार्गबाट थिङलाई गाँजा सहित पक्राउ गरेको हो ।

प्रहरीले थिङलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट लागुऔषध गाँजा ५ किलो १०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*