नारायणी संघद्वारा प्रहरी उपरीक्षक गुरुङको स्वागत

हेटौडा न्युज
१६ मंसिर २०७८, बिहीबार १२:०९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका नवआगन्तुक प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गलाई पुरानो नारायणी यातायात कम्पनी प्रालिले स्वागत गरेको छ ।

कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक गुरुङलाई स्वागत गरीएको हो ।

प्रहरी उपरीक्षक गुरुङले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आफु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा कम्पनीका प्रवन्ध सञ्चालक सरोज खनाल लगाएतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*