नेपाली काङ्ग्रेसको प्रदेश अधिवेशन आज मनोनयन दर्ता भोली मतदान

हेटौडा न्युज
१७ मंसिर २०७८, शुक्रबार १०:०१
;

मकवानपुर । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ । १ सय ६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३ सय ३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् । प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए ।

तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ । त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । मुलुक संघीयता गएपछि काङ्ग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*