राप्रपाको अध्यक्षमा लिङदेन विजयी

हेटौडा न्युज
१९ मंसिर २०७८, आईतवार ११:१२
;

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् ।

कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गरेका हुन् । पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २ सय २७ मतान्तरले पराजित गरे ।

राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकोमा लिङदेनको पक्षमा १ हजार ८ सय ४४ र थापाको पक्षमा १ हजार ६ सय १७ मत आएको थियो । ४ सय ३१ मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*