राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी

हेटौडा न्युज
१९ मंसिर २०७८, आईतवार ११:२३
;

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् । आज घोषित मत परिणाम अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १ हजार ६ सय ४० मत ल्याएकी छन् । कुन्ती कमल थापाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेकी थिइन् भने रेखा राजेन्द्र लिङदेनको प्यानलबाट ।

अध्यक्षमा लिङदेन विजयी भए पनि महिला महामन्त्रीमा कुन्तीले ३ सय ५२ भोटले रेखालाइ पछि पारिन् । पदाधिकारीमा थापा पक्षको बाहुल्यता देखिएको छ । चुनावी माहोलमा यी दुइ उम्मेदवारबीच तीव्र कटाक्ष समेत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*