काङ्ग्रेस बागमती प्रदेश सभापतिकोे दोस्रो चरणको मतदान सम्पन्न

हेटौडा न्युज
१९ मंसिर २०७८, आईतवार १८:०९
;

मकवानपुर । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ ।

हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बज सम्पन्न भएको हो । बागमती प्रदेशमा २ हजार २५ मत खसेको छ । केहीबेरमै मत गणना सुरु हुने छ । शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनः मतदान भएको हो ।

पहिलो चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणमा साथ दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*