काङ्ग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन समूहका विजयी

हेटौडा न्युज
२० मंसिर २०७८, सोमबार ११:०४
;

मकवानपुर । नेपाली काङ्ग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् ।

आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । काङ्ग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २ हजार ३५ मत खसेकोमा बानियाँले १ हजार ८५ मत पाए भने केसीले ९ सय २७ मत पाए ।

पहिलो चरणमा तीन जना सभापतिका उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणबाट बाहिरिएका सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*