काङ्ग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने
मकवानपुर । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।
उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए । काङ्ग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।