नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि
मकवानपुर । नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।
६६ वर्षीय विदेशी नागरिक र उनकोे सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।