कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

मकवानपुर । कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ की ६३ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको सङ्ख्या १ सय ६६ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।