हेटौंडा १८ मा १५ बर्षे किशोरी बनिन् वडा अध्यक्ष

हेटौडा न्युज
२१ मंसिर २०७८, मंगलवार १७:०६
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा कक्षा ९ मा अध्ययनरत एक छात्रालाई एक दिनका लागि वडा अध्यक्ष बनाईएको छ ।

बालबालिकाहरुको नेतृत्व विकास गर्नका लागि आर्थिक र प्रशासनिक अधिकार बाहेक एक दिनका लागि छात्रा कुसुम खड्कालाई अधिकार प्रत्यायोजन गरि वडा अध्यक्ष बनाईएको हो । उनीसहित वडा समितिमा रहने अन्य सदस्यमा पनि सोही उमेरका छात्रछात्रा रहेका छन् ।
स्थानीय सरकारको वडा कार्यालयले कसरी काम गर्छ जनप्रतिनिधिहरुले कसरी काम गर्छन् भन्ने विषयमा जानकारी दिन उनलाई एक दिनको साङ्केतिक वडा अध्यक्ष बनाईएको १८ वडाका अध्यक्ष अनिल बानियाँले बताएका छन् ।साङ्केतिक वडाअध्यक्ष खडकालाई उपमहानगरका मेयर हरिबहादुर महतले सपथ गराएका थिए ।

सपथ ग्रहणपछि मकवानपुर वाल विद्या सदनका छात्रछात्राहरुको समूह वडामा रहेका स्वास्थ्य संस्था, प्रहरी चौकी लगायतको अनुगमनमा गएका थिए । अनुगमनका क्रममा देखिएका कमी कमजोरीहरु भोलि वडा कार्यालयमा पुगी सुझाव दिने र कार्यान्वयनका लागि आग्रह गरिने बताईएको छ । स्थानीयहरुले वडा कार्यालयलाई अपनत्व ग्रहण गर्न सकुन् भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको बताईएको छ । साङ्केतिक रुपमा रहेको वडा समितिले दिएका सुझावलाई आगामी कार्ययोजनामा राखिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*