नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरमा बस्ने

हेटौडा न्युज
२१ मंसिर २०७८, मंगलवार १८:१५
;

मकवानपुर । नेकपा (एमाले) को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ ।

यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको सङ्ख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए। यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ । तामाङका अनुसार यही मंसिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेन्डा बैठकको छ ।

त्यस्तै जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समय सीमा पनि बैठकले निर्धारण गर्ने छ । त्यस्तै नेताहरुको कार्य विभाजन पनि बैठकको एजेन्डा छ । तामाङले स्थायी कमिटीलाई यसैपाली पूर्णता दिए पनि पोलिटब्युरो भने नियुक्तिका लागि केही बाँकी राखेर गठन गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*