नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक
मकवानपुर । नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३ सय १९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन ।
आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।