हेटौंडामा भाटभटेनी सुपरस्टोर सञ्चालनमा

हेटौडा न्युज
२२ मंसिर २०७८, बुधबार १६:२२
;

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भाटभटेनी सुपरस्टोर सञ्चालनमा आएको छ ।

भाटभटेनीले बुधवबारदेखि हेटौंडा–२ चौकीटोलमा २० औं स्टोरको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो । २० औं स्टोरको औपचारिक समारोहका बीच भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले विधिवत रुपमा शुभारम्भ गरेका छन् । सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायनमा रहेको बताउँदै हेटौंडामा शुभारम्भ भएको स्टोरसँगै देशभर २० वटा स्टोर सञ्चालनमा आएको बताए ।

स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउनुका साथै धेरै युवाहरुलाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको बताए । साढे १४ कट्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको छ । भने १ अर्ब ५० करोड रुपँैयाको लागतमा स्टोर सञ्चालनमा ल्याईएको बताईएको छ । स्टोरमा मकवानपुरका २ सय जनाले रोजगारी समेत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*