बुधबार शेयर कारोबारमा गिरावट
मकवानपुर । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अङ्कमा झरेको छ ।
‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।