लमजुङमा जिप पल्टिँदा ३ जनाको मृत्यु, ९ जना घाइते

हेटौडा न्युज
२३ मंसिर २०७८, बिहीबार १४:३७
;

मकवानपुर । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो । गाउँपालिकाको वडा नम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए । जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका–८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै गर्दा जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको लमजुङका डीएसपी कृष्ण कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*