गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरेका छन् ।
विहीबार हेटौंडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहेका अधिकारीको पुस्तक विमोचन गरेका हुन् । प्रदेश प्रमुखले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचारलाई जनतासामु सुसूचित गर्न आह्वान गरे ।उनले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्च पदस्थ अधिकृतहरुले गरेका अनियमित कार्यको लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न आफुमा दृढता हुनुपर्ने बताए ।
कार्यक्रममा सो पुस्तकका लेखक अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा सङ्लग्न हुने स्रोतको रुपमा रहेको सो पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा लाग्ने युवा पुस्ताले आफ्नो जीवनशैलीलाई कठिनाई भोगेर भएपनि पत्रकारिता क्षेत्रको विकासलाई निरन्तरता दिन आग्रह गरे ।